Share

नेपालका लागि अस्थायी संरक्षित स्थिति (TPS)

यो पृष्ठ निम्न भाषाहरुमा पनि उपलब्ध छ:

तपाईं TPS नेपालका लागि जुन 24, 2025 सम्मसम्म पुनः दर्ता गर्न सक्नुहुन्छ। यसले तपाईंको अस्थायी संरक्षित स्थितिलाई जुन 24, 2025 सम्म विस्तार गर्ने छ। प्रक्रियाबारे जान्नुहोस् र रोजगार अनुमति सम्बन्धी जानकारी प्राप्त गर्नुहोस्।

अद्यावधिक गरियो डिसेम्बर 13, 2023

TPS भनेको के हो?

अस्थायी संरक्षित स्थिति (TPS) संयुक्त राज्य अमेरिकामा पहिलेदेखि रहेका मानिसहरूका लागि एक प्रकारको अध्यागमन स्थिति हो। TPS सशस्त्र द्वन्द्व वा वातावरणीय प्रकोप जस्ता खतराका कारण आफ्नो देश फर्कन नसक्ने मानिसहरूका लागि हो।

यदि तपाईंसँग TPS छ भने, तपाईंले निम्न कुराहरू गर्न सक्नुहुन्छ:

  • निश्चित अवधिको लागि कानुनी रूपमा संयुक्त राज्य अमेरिकामा बस्न
  • संयुक्त राज्य अमेरिकामा रोजगार अनुमतिकाे लागि आवेदन दिन
  • संयुक्त राज्य अमेरिका बाहिर यात्रा गर्न आवेदन दिन
  • नजरबन्द र देश निकाला बाट सुरक्षित हुन 

TPS अस्थायी हुन्छ। यसले तपाईंलाई वैध स्थायी स्थिति, नागरिकता वा कुनै पनि स्थायी अध्यागमन स्थिति प्रदान गर्दैन।

थप विवरणको लागि USCIS TPS नेपाल पृष्ठमा जानुहोस्।

TPS Nepal को लागि कसले आवेदन दिन सक्छन्?

तपाईंले TPS नेपाल प्राप्त गर्न निम्न आवश्यकताहरू पूरा गरेको हुनुपर्छ: 

  • नेपाली नागरिक हुनुपर्छ अथवा संयुक्त राज्य अमेरिका आउनु अघि नेपालमा लामो समय बसेको राष्ट्रियता नभएको व्यक्ति हुनुपर्छ
  • जुन 24, 2015 देखि संयुक्त राज्य अमेरिकामा मात्रै बसेकाे हुनुपर्ने
  • जुन 24, 2015 देखि अमेरिका नछाडेकाे हुनुपर्ने

यदि तपाईंले केही अपराधहरू गर्नुभएको छ भने तपाईं योग्य नहुन सक्नुहुन्छ।

TPS आवेदकहरूलाई सार्वजनिक शुल्क लागू हुँदैन। तपाईं कुनै पनि सरकारी कार्यक्रमहरू प्रयोग गर्न सक्नुहुन्छ जसको लागि तपाईं योग्य हुनुहुन्छ।

हालको TPS प्राप्त व्यक्तिहरूको लागि पुनः दर्ता प्रक्रिया

तपाईंसँग पहिले नै नेपालका लागि TPS छ भने:

  • TPS को म्याद जुन 30, 2024 सम्म स्वचालित रूपमा विस्तार गरिएको छ
  • तपाईं यसलाई जुन 24, 2025 सम्म थप विस्तार गर्नका लागि पुनः दर्ता गर्न सक्नुहुन्छ

पुनः दर्ता गर्नका लागि, तपाईंले जुन 24, 2025 सम्ममा नयाँ Form I-821 फाइल गर्नुपर्छ। तपाईंले आफ्नो आवेदन USCIS को साथमा अनलाइन वा मेलमार्फत फाइल गर्न सक्नुहुन्छ। तपाईंले शुल्क तिर्नु पर्दैन।

सकेसम्म छिटो पुनः दर्ता गर्नु महत्त्वपूर्ण हुन्छ। नेपालका लागि TPS को अन्तिम दिन हाल उपलब्ध छैन।

रोजगारी अनुमति

TPS प्राप्त व्यक्तिहरूलाई रोजगार अनुमतिहरू उपलब्ध हुन्छन् र यसलाई रोजगार अनुमति पत्र (EAD) भनेर चिनिन्छ। यसले रोजगारदाताहरूलाई, तपाईंले संयुक्त राज्य अमेरिकामा काम गर्न अनुमति प्राप्त गर्नुभएको छ भन्ने उल्लेख गर्छ।

तपाईंले रोजगारी प्राधिकरणको लागि I-765 फारम भरेर आवेदन पेश गर्न सक्नुहुन्छ।

यात्रा अनुमति

TPS प्राप्त व्यक्तिहरूलाई यात्रा अनुमतिहरू उपलब्ध छन्। यसलाई अग्रिम कबुलनामा भनिन्छ। यसले अध्यागमन अधिकारीहरूलाई तपाईंले विदेश यात्रा गर्न र संयुक्त राज्य अमेरिका फर्कन अनुमति प्राप्त गर्नुभएको छ भन्ने जानकारी दिन्छ।

तपाईंले I-131 फारम भरेर यात्रा अनुमतिको लागि आवेदन पेश गर्न सक्नुहुन्छ। यात्रा अनुमतिको लागि आवेदन गर्दा, संघीय दर्ता सूचना निर्देशनहरू पालना गर्नुहोस्।

TPS को म्याद समाप्त भएमा के हुन्छ?

DHS ले TPS समाप्त हुने मितिभन्दा 60 दिनअघि देशको अवस्थाको समीक्षा गर्ने छ। उनीहरूले यसलाई थप जारी राख्ने कि नराख्ने भन्नेबारे निर्णय गर्नेछन्। यदि नेपालका लागि TPS को म्याद समाप्त हुन्छ भने, तपाईंले अस्थायी संरक्षित स्थिति प्राप्त गर्नुअघिको समान अध्यागमन स्थिति हुनेछ।

यदि तपाईंसँग TPS को लागि आवेदन दिनु अघि कानुनी अध्यागमन स्थिति थिएन भने, तपाईं अप्रमाणित आप्रवासी हुन सक्नुहुन्छ। यदि तपाईं योग्य हुनुहुन्छ भने तपाईंले अर्को किसिमको अध्यागमन स्थितिका लागि आवेदन दिन सक्नुहुन्छ। 

तपाईं कुनै कानुनी स्थिति बिना बस्नुहुन्छ भने तपाईं गिरफ्तार वा देश निकालाको जोखिममा पर्न सक्नुहुनेछ। 

के मैले आफ्नो अध्यागमन स्थिति परिवर्तन गर्न सक्छु?

तपाईंले TPS को साथै अर्को अध्यागमन स्थिति एकैपटक प्राप्त गर्न सक्नुहुन्छ। 

यदि तपाईंले यी आवेदनका आवश्यकताहरू पूरा गर्नुहुन्छ भने तपाईंले शरणवैध स्थायी स्थिति (ग्रीन कार्ड) वा अन्य संरक्षित स्थितिको लागि आवेदन दिन सक्नुहुन्छ।

मैले कहाँ मद्दत पाउन सक्छु?

यसको लागि अध्यागमन वकिल वा मान्यता प्राप्त प्रतिनिधिबाट कानुनी सल्लाह लिन महत्त्वपूर्ण हुन्छ। उनीहरूले तपाईंलाई आवेदन दिन र प्रश्न वा जिज्ञासाहरूमाथि छलफल गर्न मद्दत गर्न सक्छन्। विभिन्न संस्था वा वकिलहरूले निःशुल्क वा कम लागतमा कानुनी सेवाहरू प्रदान गर्छन्।

नेपाली दूतावास ले थप जानकारी प्रदान गर्न सक्छ। तपाईंले (202) 667 4550 मा नेपाली दूतावासलाई सम्पर्क गर्न सक्नुहुन्छ वा वासिङ्टन डिसी; बाल्टिमोर, मेरिलेन्ड MD; सान डिएगो, क्यालिफोर्निया CA; शिकागो, इलिनोय IL; नालेहु, हवाई HI; र सिएटल, वासिङ्टन WA मा रहेका यसका कन्सुलर कार्यालयहरूमा जान सक्नुहुन्छ।

lawyer reviewing information
अध्यागमनसम्बन्धी जालसाजीहरूबाट जोगिनुहोस्

कुख्यात तथा नक्कली वेबसाइटहरू जस्ता अध्यागमनसम्बन्धी सबैभन्दा सामान्य जालसाजीहरूका बारेमा जान्नुहोस्। आफूलाई कसरी जोगाउने र तपाईं ठगीको सिकार हुनुभएको छ भने के गर्ने भन्ने कुरा जान्नुहोस्।

थप जान्नुहोस्

यस पृष्ठमा भएका जानकारी DHS, USCIS, र अन्य विश्वसनीय स्रोतहरूबाट प्राप्त जानकारी हुन्। हामी नियमित रूपमा अद्यावधिक गरिने बुझ्न सजिलो जानकारी प्रदान गर्नमा लक्षित छौँ। यो जानकारी कानुनी सल्लाह होइन।

Share