Share

सामान्यतया हुने अध्यागमन ठगीबाट बच्न सुझावहरू

अध्यागमनसम्बन्धी स्क्यामहरू धेरै सामान्य हुन् र यसका धेरै रूपहरू हुन्छन्। तपाईंले आफ्नो सुरक्षा कसरी गर्ने भनेर जान्नु पर्छ। स्क्यामहरू पहिचान गर्ने, जोगिने र रिपोर्ट गर्ने तरिकाबारे सुझावहरू प्राप्त गर्नुहोस्।


कुनै ठगी वा धोखेबाजी त्यतिबेला हुन्छ जब कसैले तपाईंको व्यक्तिगत जानकारी वा पैसा चोर्नको लागि झूट बोल्छ। यो गैरकानूनी हो । दुर्भाग्यवश, ठगी र धोखेबाजी सामान्य भएका छन् ।

धेरै जालसाजीले अध्यागमन लाभहरूको बारेमा गलत जानकारी पनि दिन्छन् । यदि तपाईं निश्चित प्रक्रियाहरूको बारेमा अनिश्चित हुनुहुन्छ भने, तपाईंको स्थानीय अध्यागमन कार्यालय वा कानूनी सेवा प्रदायकलाई सम्पर्क गर्नुहोस् । 

भुक्तानीहरू

धेरैजसो ठगीले अध्यागमन शुल्क भुक्तानीका लागि अनुरोध गर्छन् । अध्यागमन शुल्क र आवेदनहरू संयुक्त राज्य अमेरिका मार्फत परिचालन गरिन्छ । नागरिकता र अध्यागमन सेवा (USCIS) र संयुक्त राज्य अमेरिका राज्य विभाग (DOS), र अध्यागमन समीक्षाका लागि कार्यकारी कार्यालय (EOIR) ।

USCIS ले तपाईंको myUSCIS खाता मार्फत वा तिनीहरूको आधिकारिक लकबक्स स्थानहरू मार्फत वा मेल मार्फत मात्र भुक्तानीहरू स्वीकार गर्नेछ । जब तपाईं अनलाइन आवेदन पूरा गर्नुहुन्छ, तपाईंलाई pay.gov मा शुल्क तिर्न निर्देशन दिइनेछ ।

निम्न कुराहरू USCIS ले कहिल्यै सोध्ने छैन: 

  • फोन वा इमेल मार्फत भुक्तानी 
  • बेस्टर्न युनियन, मनी ग्राम वा पे पल जस्ता सेवाहरू मार्फत भुक्तानी
  • कसैलाई पैसा पठाउन वा कोही व्यक्तिलाई भुक्तानी गर्न
USCIS.gov र justice.gov.मा सबै USCIS र EOIR फारमहरू सित्तैमा पाइन्छन् । फारमको लागि कसैले पनि शुल्क लिन पाइँदैन ।

व्यक्तिगत सूचना

ठगी गर्नेहरूले तपाईंको पहिचान र पैसा चोर्नको लागि तपाईंको व्यक्तिगत जानकारी प्राप्त गर्ने प्रयास गर्न सक्छन् । यसमा निम्न कुराहरू पर्न सक्छन्: 

  • तपाईंको नाम र ठेगाना
  • बैंक खाता नम्बर र क्रेडिट कार्ड
  • सामाजिक सुरक्षा नम्बर
  • मेडिकल विमा नम्बरहरू

यदि कसैले यी विवरणहरूको लागि सोधिरहेको छ भने, सावधान हुनुहोस् । तपाईंले विश्वास गर्ने व्यक्तिलाई मात्र यो जानकारी दिनुहोस् ।

कानूनी ठगी

कुनै अधिवक्ता र DOJ-मान्यताप्राप्त प्रतिनिधिलाई मात्र कानुनी सल्लाह दिने अधिकार दिइएको हुन्छ । 

सार्वजनिक नोटरीहरू

धेरै ल्याटिन अमेरिकी र युरोपेली देशहरूमा, सार्वजनिक नोटरी कानुनी सल्लाह दिनको लागि आधिकारिक इजाजतपत्र प्राप्त वकिलहरू हुन् ।

संयुक्त राज्यअमेरिकामा, नोटरीहरू शपथ लिने र महत्त्वपूर्ण कागजातहरूमा हस्ताक्षर गर्ने साक्षी हुन्छन् । अमेरिकामा नोटरी पब्लिकहरू कुनै पनि कानूनी सेवाहरू प्रदान गर्न प्रशिक्षित वा आधिकारिक हुँदैनन् । संयुक्त राज्य अमेरिकाका नोटरीहरूले तपाईंलाई ठगी गर्न खोजिरहेका छन् जसले:

  • कानूनी सेवाहरू प्रदान गर्ने बहाना गर्छन्
  • आवश्यक विशेषज्ञता बिना USCIS आवेदनहरू पेश गर्न प्रस्ताव गर्छन्
  • झूटा कानुनी सल्लाह दिन्छन् जसले तपाईंको अध्यागमन मामलामा समस्याहरू सिर्जना गर्दछ

सुझाव:

तपाईंले इजाजतपत्र प्राप्त अध्यागमन अधिवक्ता वा मान्यता प्राप्त कानूनी प्रतिनिधिबाट कानुनी सल्लाह प्राप्त गर्नुहुन्छ भन्ने सुनिश्चित गर्नुहोस् । तपाईंले विश्वास गर्न सक्ने कानुनी सेवा प्रदायकहरू कसरी फेला पार्ने भन्ने थाहा पाउनुहोस् । 

ठगी वेबसाइटहरू

कुनै अध्यागमन ठगी वेबसाइटले निर्देशनहरू दिने र USCIS आवेदन दर्तामा सहयोग गर्ने बहाना गर्न सक्छ । ठगीका वेबसाइटहरूले कहिलेकाहीँ आधिकारिक साइटहरू जस्तै देखिने प्रयास गर्नेछन् र उही शैली वा आधिकारिक छाप प्रयोग गर्न सक्छन् । तिनमा टाइप गर्दा हुने अनौठा गल्तिहरु हुन सक्छन् ।

सुझावहरू:

  • वेबसाइट “https” ठेगाना र लक आइकन (🔒) भएको सुरक्षित छ भन्ने सुनिश्चित गर्नुहोस् । 
  • आधिकारिक सरकारी साइटहरू .gov मा अन्त्य हुन्छन् । 
  • आधिकारिक साइटहरू प्रयोग गर्नुहोस्: USCIS.gov, DHS.gov, justice.gov
  • आधिकारिक वेबसाइटबाट नि:शुल्क USCIS फारमहरू डाउनलोड गर्नुहोस्
  • USCIS-online.org जस्तै मिल्दोजुल्दो ठेगाना भएका साइटहरू प्रयोग नगर्नुहोस्
  • नयाँ संस्करण जारी हुँदा आफ्नो फोन र कम्प्युटर प्रणाली अद्यावधिक गर्नुहोस्
  • बलियो पासवर्ड र मल्टिफ्याक्टर प्रमाणीकरण प्रयोग गर्नुहोस्

ठगी इमेलहरू 

ठगी इमेलहरू धेरै सामान्य भएका छन् । कतिपय ठगी इमेलहरूमा फाइलहरू वा लिङ्कहरू हुन्छन् जसमा क्लिक गर्दा तपाईंको उपकरणमा भाइरस डाउनलोड हुन्छ । तिनीहरूले व्यक्तिगत जानकारी जस्तै, खाता नम्बर वा भुक्तानीका लागि अनुरोध गर्न सक्छन् । 

शंकास्पद इमेलहरूमा निम्न कुराहरू हुन सक्छन्:

  • छिटफुट गल्तिहरु जस्तै, तपाईंको नाममा
  • अनौठा अक्षरहरू र फरक फरक फन्टहरू
  • नक्कली सरकारी वेबसाइटका लिङ्कहरू

सुझावहरू:

  • शंकास्पद इमेल नखोल्नुहोस्
  • आफूले नचिनेको व्यक्तिको इमेल खोल्दा सावधान रहनुहोस्
  • USCIS वा अमेरिकी सरकारका सबै इमेलहरू सधैं .gov मा समाप्त हुन्छन्
  • कुनै पनि लिङ्कमा क्लिक नगर्नुहोस्
  • गुगल वा लिङ्कहरूमा क्लिक गर्नुको सट्टा वेबसाइट ठेगाना टाइप गर्नुहोस्
  • इमेल मार्फत भुक्तानी नगर्नुहोस्
  • शंकास्पद इमेलहरूको जवाफ नदिनुहोस्
  • USCIS को निर्णय छ भनेर उल्लेख गरिएका कुनै पनि इमेलदेखि सावधान रहनुहोस्
  • myUSCIS मा जानुहोस् र तपाईंले सही जानकारी पाइरहेको छ कि छैन भनी जाँच गर्नुहोस् (सबै महत्त्वपूर्ण अपडेटहरू त्यहाँ हुनेछन्)
[email protected] एक ठगी गर्ने इमेल हो । यस ठेगानाबाट इमेलहरू नखोल्नुहोस् वा यसको कुनै पनि लिङ्कहरूमा क्लिक नगर्नुहोस् ।

ठगी कलहरू 

अधिकांश मानिसहरू ठगी कलहरू प्राप्त गर्छन् । तपाईंले फोन उठाउनुहुन्छ भनेर ठगहरूले प्रायः आफ्नो कलर ID लाई तपाईंको क्षेत्रको कोड मिलाउन परिवर्तन गर्छन् । सबैभन्दा सामान्य प्रकारहरू क्रेडिट कार्ड र करहरू बारे हुन्छन् तर कुनै कुनै अध्यागमनको बारेमा हुन सक्छन् ।

एउटा ठगी कलमा निम्न कुराहरू हुन सक्छन्:

  • एक अध्यागमन अधिकारी भएको बहाना गर्ने
  • व्यक्तिगत जानकारी वा भुक्तानीका लागि अनुरोध गर्ने
  • तपाईंको जानकारी गलत छ वा तपाईंले शुल्क तिर्नुपर्छ र तपाईंको बारेमा रिपोर्ट गर्ने धम्की दिने

सुझावहरू:

  • USCIS ले फोन मार्फत व्यक्तिगत जानकारी वा भुक्तानी माग्दैन
  • यदि तपाईं कुनै कल वास्तविक हो कि होइन भनेर निश्चित हुनुहुन्न भने USCIS वा EOIR सँग जाँच गर्नुहोस्
  • आधिकारिक साइटमा एजेन्सी सम्पर्कहरू फेला पार्नुहोस्
  • शंकास्पद कलहरू राखिदिनुहोस् र तिनीहरूलाई फेरि कल गर्ने प्रयास नगर्नुहोस्
  • अवांछित कलहरू र टेक्स्ट सन्देशहरू रोकिदिनुहोस्
  • यदि तपाईंका प्रश्नहरू छन् भने अध्यागमन वकिल वा प्रतिनिधिलाई सम्पर्क गर्नुहोस् 

ठगी गर्नेहरूले तपाईलाई सामाजिक सञ्जालमा पनि मानवीय रिहाइ जस्ता आप्रवासन आवेदनमा सहयोग प्रदान गर्न सम्पर्क गर्न सक्छन् । USCIS ले तपाईंलाई फेसबुक, ट्वीटर, लिङ्किड इन, वा अन्य अनलाइन प्लेटफर्महरू मार्फत सम्पर्क गर्दैन ।

अध्यागमनसम्बन्धी अन्य जालसाजीहरू 

तल सर्वसाधारणको जानकारीका लागि अधिकारीहरूले तयार पारेको विशेष अध्यागमन ठगीहरुको एउटा सूची छ ।

अफगान व्यक्तिगत जानकारी ठगीहरूले तपाईंलाई अध्यागमन लाभहरू प्राप्तिमा मद्दत गर्न व्यक्तिगत जानकारी दिन अनुरोध गर्न सक्छन् । USCIS ले सामान्यतया तपाईंलाई निश्चित अध्यागमन लाभका लागि अनुमोदन गरिएको छ भनी इमेल पठाउँदैन ।

प्रक्रिया छिटो गराउने ठगीले तपाईंले शुल्क तिर्नु भयो भने तपाईंलाई भिसा, ग्रिन कार्ड, वा वर्क परमिट छिटो दिलाउने वाचा गर्न सक्छ । उनीहरू यसलाई “जम्पिङ द लाइन” भन्छन् । उनीहरूले तपाईंको मुद्दालाई छिटो टुंग्याउनका लागि सरकारमा उनीहरूको सम्पर्क छ पनि भन्न सक्छन् । कसैले पनि प्रकृया पुरा गर्न लाग्ने सामान्य समयभन्दा बढी सेवाहरू छिटो गर्न सक्दैन ।

फारम I-9 इमेल ठगीले USCIS अधिकारीहरू भएको बहाना गर्दै फारम I-9 जानकारीका लागि रोजगारदाताहरूलाई सोध्न सक्छ । रोजगारदाताहरूले USCIS मा फारम I-9 बुझाउनु पर्दैन । 

मानवीय रिहाइ जालसाजहरूले उनीहरूबाट फाइदा लिनका लागि आप्रवासी र प्रायोजकहरूलाई लक्षित गर्न सक्छन् । जालसाजहरूले तपाईंलाई अनलाइन वा सोशल मिडिया मार्फत सम्पर्क गर्न सक्छन् र तपाईंको राहदानी नम्बर वा जन्म मिति जस्ता व्यक्तिगत जानकारी र शुल्कको सट्टामा तपाईंको समर्थक बन्ने प्रस्ताव गर्न सक्छन् । यदि तपाईं प्रायोजक खोज्दै हुनुहुन्छ भने, Welcome Connect प्रयोग गर्नुहोस् ।

२ वर्ष सम्म लाभार्थीहरूलाई आर्थिक सहयोग प्रदान गर्नु प्रायोजकहरूको जिम्मेवारी हुन्छ । लाभार्थीहरूले आफ्नो प्रायोजकका लागि पैसा फिर्ता गर्नु वा काम गर्नु जरुरी छैन । प्रायोजक र लाभार्थीहरूले आवेदन पेश गर्न शुल्क तिर्न पर्दैन

मानव बेचबिखन ठगीहरू रोजगारी जालसाजीका परिणाम हुन सक्छन् जसमा विदेशमा वा इमेल मार्फत पठाइएका शङ्कास्पद रोजगारी प्रस्तावहरू पर्छन् । मानव बेचबिखन अन्तर्गत यस्ता अवस्थाहरु पर्दछन् जसमा मानिसहरूलाई काम गर्न बाध्य पारिएको हुन्छ र धम्की, ऋण, र अध्यागमन स्थितिका कारण छोडेर जान असमर्थ हुन्छन् । मानव बेचबिखनबाट बच्न सुरक्षा सुझावहरू खोज्नुहोस् ।

TPS जालसाजीले TPS का लागि पुन: दर्ता गर्ने बारे गलत जानकारी प्रदान गर्दछन् । यस्ता ठगीले तपाईंलाई तपाईंको TPS नवीकरण गर्न फारमहरू र भुक्तानीहरू पेश गर्न अनुरोध गर्न सक्छन् । यस्तो नवीकरण नि:शुल्क हुन्छ । USCIS ले आधिकारिक TPS जानकारी अनलाइन अद्यावधिक नगरेसम्म कुनै पनि फारमको भुक्तानी वा फाइल पेश नगर्नुहोस् । 

भिसा लटरी जालसाजीले तपाईंलाई डाइभर्सिटी भिसा (DV) कार्यक्रमका लागि चयन गरिएको भन्न सक्छ । भिसा लटरी USCISबाट होइन, राज्य विभागद्वारा व्यवस्थित गरिन्छ । भिसा लटरीका लागि छनोट भएको बारे राज्य विभागले तपाईंलाई इमेल पठाउँदैन । भिसा लटरी नि: शुल्क हुन्छ । तपाईंले आवेदन दिन कुनै शुल्क तिर्नुपर्दैन । 

धोखेबाजी र जालसाजी विरूध्द उजुरी गर्नुहोस् 

जालसाजीको उजुरी गर्दा तपाईंले मद्दत प्राप्त गर्न सक्नुहुन्छ । यसले गर्दा अरूले पनि त्यस्तै कुराको अनुभव गर्नु नपरोस भन्ने कुरा सुनिश्चित गर्न मद्दत पुग्छ । तपाईं गुमनाम रहेर जालसाजीको उजुरी गर्न सक्नुहुन्छ र आफ्नो नाम दिनु आवश्यक हुँदैन । तपाईं अरू कसैको तर्फबाट पनि उजुरी गर्न सक्नुहुन्छ ।

धोखेबाजी वा जालसाजीबारे विशेष जानकारी सङ्कलन गर्ने कुरामा निश्चित हुनुहोस्: 

  • घटनाको मिति, समय र स्थान
  • संलग्न व्यक्ति वा व्यवसायको नाम र सम्पर्क जानकारी
  • उल्लङ्घनको विवरण 
रिपोर्ट गर्नुहोस् 
जालसाजीको किसिम
अध्यागमन लाभ जालसाजीहरू
अध्यागमनसम्बन्धी जालसाजीहरू
अध्यागमन अदालती कारबाही ठगी
मानव बेचबिखन जालसाजीहरू
संदिग्ध इमेलहरू, वेबसाइटहरू, वा सोशल मिडिया अकाउन्टहरू जसले USCIS सँग आबद्ध भएको दाबी गर्दछन् ।
सामान्य जालसाजीहरू
गुमेको पैसा वा सम्पति
धोखेबाजी
इन्टरनेट जालसाजीहरू
रोजगारदाता ठगी तथा दुरुपयोग

यदि तपाईंलाई सहयोग चाहिन्छ भने एक विश्वसनीय पारिवारिक सदस्य वा साथीसँग कुरा गर्नुहोस् । यदि कसैले तपाईंलाई धम्की दिइरहेको छ भने थप मद्दत खोज्नुहोस् ।

अन्य गलत जानकारीबाट सावधान रहनुहोस् 

हाम्रो वरिपरि धेरै गलत जानकारी फैलिरहेको हुन्छ, विशेष गरी अध्यागमनका विषयमा । अनाधिकृत र गलत सूचनाबाट सचेत रहनुहोस् । अनाधिकृत सूचना भनेको भ्रामक समाचार हुन् । यो तपाईंको विचारलाई प्रभाव पार्ने उद्देश्य हो । गलत सूचनाले जानीजानी तपाईंलाई भ्रममा पार्ने त होइन,तैपनि तपाईंलाई गलत जानकारी नै दिन्छ ।

सुझावहरू:

  • तपाईंका समाचार र जानकारी कहाँबाट आउँदैछन् ध्यान दिनुहोस् ।
  • सामाजिक सञ्जालमा प्राप्त सूचनादेखि सावधान रहनुहोस्
  • लेख वा पोस्ट भित्र मौलिक स्रोतको जाँच गर्नुहोस्
  • तिनीहरू विश्वसनीय छन् कि छैनन् भनेर हेर्नका लागि लेखक तथा संगठनका बारेमा पढ्नुहोस्
  • अरु स्रोतबाट जानकारी प्रमाणित गर्नुहोस्

यस पृष्ठमा भएका जानकारी USCIS, FTC, DOJ, USA.gov, र अन्य विश्वसनीय स्रोतहरूबाट प्राप्त जानकारी हुन्। हामी नियमित रूपमा अद्यावधिक गरिने बुझ्न सजिलो जानकारी प्रदान गर्नमा लक्षित छौँ। यो जानकारी कानुनी सल्लाह होइन।

Share